
काठमाडौंको बबरमहलमा मोटरसाइकल र स्कुटर जुध्दा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका- ११ बबरमहलस्थित सडकमा प्र २-०३-०१८ प ५८३४ नम्बरको स्कुटरलाई प्र ३-०२-०१० प ६९५४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो । उनको नाम, थर, वतन खुलेको छैन ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।