०३ साउन २०८३, आइतबार

नेपाल सुपर लिग : झापा र पोखराबीचको खेल बराबरीमा

चैत ३०, २०८१
काठमाडौं
नेपाल सुपर लिग : झापा र पोखराबीचको खेल बराबरीमा

नेपाल सुपर लिग (एनएसएल) फूटबल प्रतियोगिताअन्तर्गत आज भएको झापा एफसी र पोखरा थन्डर्सबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा दुवै टोलीले १/१ गोल गर्दै अङ्क बाँडेका हुन् । 

खेलको ५२औं मिनेटमा पोखरा थन्डर्सका स्टिफन समीर बिनोङले गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको ६५औं मिनेटमा झापाका लाजार आर्सिकले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् । त्यसपछि दुवै समूहले गोल गर्न सकेनन् । 

आजको खेलसँगै झापाको यो लगातार चौथो पटकको बराबरी खेल हो ।

आजको खेलपछि पाँच खेल खेलेको पोखरा पाँच अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ भने झापा चार खेलबाट चार अङ्क बटुल्दै छैटौं स्थानमा छ ।

आजको दोस्रो खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिड्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्