१८ असार २०८३, बिहीबार

लिङ्देनसहितका नेताहरूद्वारा रजकलाई शहीद घोषणा गर्न पहल गर्ने प्रतिबद्धता

चैत ३०, २०८१
काठमाडौं
लिङ्देनसहितका नेताहरूद्वारा रजकलाई शहीद घोषणा गर्न पहल गर्ने प्रतिबद्धता

 राजधानीको तीनकुनेमा चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले भेटेका छन् । 

शनिबार शोकाकुल परिवारलाई भेट्न लिङ्देन, बागमती प्रदेशका सभामुख भुवन पाठकलगायत रजक निवास ताहाचल पुगेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

सो क्रममा सुरेशको परिवारले सुरेशलाई शहीद घोषणा गरिनुपर्ने, घटनाको सत्यतथ्य छानबिनका लागि न्यायिक आयोग गठन गरिनुपर्ने कुरा उठाएको श्रेष्ठको भनाइ छ । 

सो क्रममा अध्यक्ष लिङ्देनले आफूहरूले यसका लागि पार्टीको बैठकबाट औपचारिक निर्णय गरेको, संसद तथा सडकबाट पहलकदमी लिइरहने प्रतिबद्धता जनाएको श्रेष्ठले बताए । 

salt training

कमेन्ट गर्नुहोस्