
नेपाली बजारमा सुनको भाउ फेरि उकालो लागेको छ । आज सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको हो ।
आज एक तोला सुनको मूल्य एक लाख ८६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । स्थानीय बजारमा यो मूल्य हालसम्मकै उच्च हो ।
गत शुक्रबार प्रतितोला एक लाख ८५ हजारमा कारोबार भएको थियो ।
आज चाँदीमा प्रतितोला ५५ रुपैयाँ वृद्धि भएको छ । चाँदी एक हजार ९६० मा कारोबार भैरहेको महासंघले जनाएको छ ।