१९ असार २०८३, शुक्रबार

इजरायलले गर्‍यो मध्य गाजामा हवाई आक्रमण, अस्पताल समेत निशानामा

चैत ३१, २०८१
काठमाडौं
इजरायलले गर्‍यो मध्य गाजामा हवाई आक्रमण, अस्पताल समेत निशानामा

इजरायलले शनिबार राति मध्य गाजामा हवाई आक्रमण गरेको छ । स्थानीय अस्पताल पनि आक्रमणको सिकार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

अल-अहली अरब ब्याप्टिस्ट अस्पतालका कर्मचारीका अनुसार दुईवटा मिसाइलहरू परिसर भित्रको एउटा भवनमा प्रहार भएका थिए । आक्रमणमा आपतकालीन र स्वागत विभागहरू पूर्ण रूपमा ध्वस्त भएका छन्।

आक्रमणबाट नजिकैका भवनहरूमा पनि क्षति पुगेको समाचारमा उल्लेख छ ।

इजरायली सेनाले रफाहलाई गाजाको बाँकी भागबाट काटेको छ। रक्षामन्त्री इजरायल काट्जले यसको पुष्टि गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्