१६ असार २०८३, मंगलबार

त्रिवेणीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत ३१, २०८१
काठमाडौं
त्रिवेणीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको त्रिवेणी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतद्वय तीर्थराज थापामगर र खगेन्द्र साउदसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्रिवेणीको वडा नम्बर ५ स्थित किम्नी खोला पुल निर्माणमा अनियमितता गरेको भन्ने उजुरी र अनुसन्धानपछि थापामगर र साउदका साथै इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार पुल निर्माणमा अनियमितता गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।

अनुसन्धानका क्रममा २०७४/०७५ र २०७५/०७६ मा किम्नी खोलामा ट्रस पुल निर्माणमा फिल्डमा भएको कार्यभन्दा नापी किताबमा बढी चढाएर नक्कली बिल बनाएर भुक्तानी दिएको पाइएको थियो ।

साथै ढुवानी कार्यका लागि तयार भएको किम्नी खोला ट्रस पुल आयोजनाका लागि थप लागत अनुमानमा स्टिल ट्रसको परिमाण अस्वाभाविक रूपमा बढाई भुक्तानीका लागि सिफारिस भए गरेको खुलेको आयोगले जनाएको छ ।​​

उनीहरूले उपभोक्ता समितिलाई ४ लाख ३१ हजार ४८६ रुपैयाँ बढी भुक्तानी दिएको पाइएको आयोगको दाबी छ ।​

अख्तियारले निमित्त प्रमुख प्रशासकीय अधिकृत थापामगरविरुद्ध २ लाख ६ हजार ९३५ र खगेन्द्र साउदसँग २ लाख २४ हजार ५५० रुपैयाँ बिगो मागदाबी तथा तीन महिनादेखि १ वर्षसम्म कैद सजाय माग गरेको छ ।

इन्जिनियर नवीन साउद र सवइन्जिनियर राजेन्द्रबहादुर विकविरुद्ध ४ लाख ३१ हजार ४८६ रुपैयाँ, असिस्टेन्ट सवइन्जिनियर राजेन्द्रबहादुर साउदविरुद्ध ४ लाख ३१ हजार ४८६ रुपैयाँ र उपभोक्ता समितिका अध्यक्ष जंगबहादुर बुढा, सचिव डम्मबहादुर बुढा र कोषाध्यक्ष तुलीदेवी बुढाविरुद्ध ४ लाख ३१ हजार ४८६ रुपैयाँ बिगो आयोगले मागदाबी गरेको छ ।

यस्तो छ आरोप पत्रको पूर्णपाठ

salt training

कमेन्ट गर्नुहोस्