०५ असार २०८३, शुक्रबार

युक्रेनको सुमीमा रुसी आक्रमण : कम्तीमा २१ जनाको मृत्यु, ८३ घाइते

चैत ३१, २०८१
काठमाडौं
युक्रेनको सुमीमा रुसी आक्रमण : कम्तीमा २१ जनाको मृत्यु, ८३ घाइते

युक्रेनको सुमी शहरको मध्यभागमा भएको रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

आइतबार भएको आक्रमणमा अन्य २० जना घाइते भएका युक्रेनी आकस्मिक सेवाले जनाएको छ ।

'रुसी ब्यालेस्टिक क्षेप्यास्त्र शहरको मध्य क्षेत्रमा मानिसहरूको बाक्लो आवतजावत भइरहेको क्षेत्रमा प्रहार गरिएको थियो,' सेवाले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा भनिएको छ, 'प्रारम्भिक तथ्याङ्कअनुसार अहिलेसम्म २१ जनाको मृत्यु भएको छ भने कम्तीमा २० जना घाइते भएका छन् ।'

युक्रेनी आकस्मिक सेवाले २० जना घाइते भएको जनाए पनि घाइतेको संख्या ८३ पुगेको किएभले जनाएको छ ।  

'सात बालबालिकासहित ८३ जना घाइते भएका छन्,' गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उद्धार कार्य जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्