नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
बैठक भोलि सोमबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी आह्वान भएको कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
बैठकमा नयाँ वर्षको शुभकामना आदान-प्रदानका साथै समसामयिक विषयमा छलफल हुने अधिकारीले बताए ।