
नेपाल वायु सेवा निगम ले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई बाइडवडि जहाजको लागि लिएको ऋणको पछिल्लो किस्ता भुक्तानी गरेको छ ।
एयरलाइन्सले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएकोमा ऋण दायित्व मध्ये दुई न्यारोबडि जहाजको २०८१ चैत्र महिनाको किस्ताबापत पुरा र दुई वाइडवडि जहाजको आंशिक गरी चैत्र ३१ गते ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको निगमका प्रवक्ता सुबास डाँगीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमले २०८१ चैत्र सम्मको अवधिमा ७ अर्व ३९ करोड ५ लाख ८ हजार ९५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको समेत उनले बताए ।