२७ असार २०८३, शनिबार

हुम्लामा स्काभेटर दुर्घटना, दुई जनाको मृत्यु

बैशाख १, २०८२
हुम्ला
हुम्लामा स्काभेटर दुर्घटना, दुई जनाको मृत्यु

हुम्लाको दक्षिण भेगस्थित चङ्खेली गाउँपालिकामा गएराति स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । 

दुर्घटनामा चङ्खेली गाउँपालिका–२ का ४५ वर्षीय परबल कामी र स्काभेटर चालक सोही वडाका ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए । उनीहरू दुवैजनाको उपचारका क्रममा मृत्यु भएको डीएसपी पोखरेलले बताए । 

चङ्खेली गाउँपालिकाको–लोती भन्ने स्थान पिपलाङ्बाट मिमितर्फ जानेक्रममा प्रदेश नम्बर-२ ०३००१ क ९७५ को स्काभेटर पल्टिएर एक सय मिटर तल खसेको जनाइएको छ । 

चालक अर्जुन कामीले बिग्रेको स्काभेटरलाई चलाउने क्रममा एक्कासी स्काभेटर सडकबाट करिब सय मिटर तल खस्दा घाइते भएका दुवै जनाको उपचारका लागि श्रीमष्ठा प्रथामिक स्वास्थ्यचौकी पुर्‍याइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्