
गोरखामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट गोरखा आउँदै गरेको बा ८८ प ९७६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका भीमसेनथापा गाउँपालिका–६ अश्राङका २४ वर्षीय केशव पाण्डेको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सरोज पाण्डेले जानकारी दिए ।
गोरखा नगरपालिका– ९ ठिँगुरेस्वाँरास्थित सडकमा मोटरसाइकल दुर्घटना भएको थियो ।
मोटरसाइकलको पछाडि सवार अश्राङकै १८ वर्षीय रविन पाण्डेको गोरखा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौं वीर अस्पतालमा पठाइएको छ ।