०७ असार २०८३, आइतबार

शिक्षकका मागबारे प्रधानमन्त्रीलाई कांग्रेस सहमहामन्त्रीको खुल्लापत्र- सरकार किन गम्भीर हुँदैन ?

बैशाख १, २०८२
काठमाडौं
शिक्षकका मागबारे प्रधानमन्त्रीलाई कांग्रेस सहमहामन्त्रीको खुल्लापत्र- सरकार किन गम्भीर हुँदैन ?

​नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले नेपाल शिक्षक महासङ्घको आन्दोलनका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज खुल्लापत्र लेख्दै उनले शिक्षकका माग सम्बोधन गर्न आग्रह गरेका हुन् ।

'सरकार किन गम्भीर हुँदैन, के शिक्षकको शालीनतालाई कमजोरीका रूपमा त हेरिएको होइन ?,' सहमहामन्त्री परियारले प्रश्न गर्दै खुल्लापत्रमा लेखेका छन्, 'यदि सरकारले १/२ दिनभित्र आन्दोलनका माग समाधान नभएमा कांग्रेसले पनि यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्दछ भनेर मेरो पार्टीसँग समेत जोडदार माग रहनेछ ।'

महासङ्घले विगत वर्षदेखि चरणबद्ध आन्दोलन गर्ने क्रममा गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेको छ ।

विगतमा महासङ्घसँग सरकारले पटक-पटक सम्झौता गरेको विषय स्मरण गराउँदै प्रतिनिधिसभा सदस्य परियारले जायज मागमा कांग्रेसको समर्थन रहेकोसमेत खुल्लापत्रमा उल्लेख गरेका छन् ।

'पार्टीको तर्फबाट अनौपचारिक रूपमा सरोकार भएका मन्त्रीसँग बारम्बार छलफल भएको छ । तथापि आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद पक्ष हो,' उनले भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्