२५ असार २०८३, बिहीबार

नेप्सेमा २७ अंकको वृद्धि, कारोबार रकम पनि साढे ८ अर्ब नाघ्यो

बैशाख २, २०८२
काठमाडौं
नेप्सेमा २७ अंकको वृद्धि, कारोबार रकम पनि साढे ८ अर्ब नाघ्यो

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ।

कारोबार बन्द हुँदा नेप्से २७.१४ अंकले बढेर २,६८९.२२ विन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा यो १.०१ प्रतिशतको वृद्धि हो।

आजको दिन कुल ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार ८८७ रुपैयाँ ८१ पैसाको शेयर कारोबार भएको छ, जुन पछिल्ला दिनहरूमा भन्दा निकै बढी हो ।

मंगलबार २१२ कम्पनीको शेयर मूल्यमा वृद्धि देखिएको छ भने ३४ कम्पनीको मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै कारोबार बलेफी हाइड्रोपावरको भएको छ ।

दैनिक मूल्य वृद्धिका आधारमा कोर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड १० प्रतिशत वृद्धिसहित अगाडि रह्यो ।

बलेफी हाइड्रो पावरको मूल्य भने ९.६९ प्रतिशतले घट्न पुग्यो ।
 

salt training

कमेन्ट गर्नुहोस्