०८ साउन २०८३, शुक्रबार

चलचित्र भूठानको ट्रेलर सार्वजनिक

बैशाख २, २०८२
काठमाडौं
चलचित्र भूठानको ट्रेलर सार्वजनिक

यही वैशाख १२ गतेदेखि प्रदर्शनमा आउने चलचित्र भूठानको ट्रेलर सार्वजनिक भएको छ । 

चलचित्रमा विदेशमा रहेको आप्रवासीले आफ्नो घर फर्कन नपाएको कथा समेटिएको छ । 

भुटानदेखि भारत, नेपाल हुँदै अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र आफ्नो थातथलो छोड्नु पर्दाको कथा यस चलचित्रमा प्रस्तुत गरिएको छ ।

अंग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्यका साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द (लामा) , ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी साथै हलिउडका अभिनेता ब्रुस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् ।

चलचित्रका निर्देशक विनोद पौडेलले हुन् । यसअघि उनले साँघुरो र बुलबुल निर्देशन गरेका थिए । बुलबुलले राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो । 

चलचित्र भूठानका निर्मातामा अविरल थापा,सुशांक मैनाली,राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् भने कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी,कौशिला खनाल,रमेश भट्ट,अपार श्रेष्ठ छन् ।
सहनिर्मातामा जोएस पाण्डे, प्रदीप शर्मा (बडाईं), राजु पौडेल, रविन पोखरेल र नवराज पराजुली छन् ।

सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, डिकेश खडगी शाहीको ध्वनी,समवरण केमको संगीत, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ ।

नेपालको अवेकन प्रोडक्सन र अमेरिकाको म्याड मंकी फिल्म्सको सहकार्यमा निर्मित यो चलचित्र विश्वव्यापी रूपमा प्रदर्शनमा आउनेछ । 

हेर्नुहोस् ट्रेलर :

 

 

salt training

कमेन्ट गर्नुहोस्