०५ असार २०८३, शुक्रबार

त्रिवेणीको गजेन्द्रमोक्ष दिव्यधाम पुगे प्रचण्ड, लगाए रुद्राक्षको माला

बैशाख ३, २०८२
काठमाडौं
त्रिवेणीको गजेन्द्रमोक्ष दिव्यधाम पुगे प्रचण्ड, लगाए रुद्राक्षको माला

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले धार्मिक पर्यटकीय क्षेत्र त्रिवेणीको अवलोकन गरेका छन् ।

उनले बुधबार बिहान धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल त्रिवेणीको अवलोकन भ्रमण गरेका हुन् । 

अवलोकन भ्रमणका क्रममा उनले त्रिवेणीको धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावनालाई उजागर गर्न आवश्यक रहेको बताए ।

धार्मिक पर्यटन प्रवर्द्धनमार्फत यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

त्रिवेणीको गजेन्द्रमोक्ष दिव्यधामको अवलोकन भ्रमणमा पुगेका प्रचण्डलाई रुद्राक्षको माला लगाएर स्वागत गरिएको थियो । 

माओवादी केन्द्र ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई–मधेश जागरण अभियान’मा छ ।

झापाबाट शुरू भएको अभियान गत चैत ८ मा चितवन पुगेर स्थगित गरिएको थियो । नवलपुरको गैँडाकोटबाट फेरि शुरू भएको अभियानका क्रममा उनी नवलपरासीमा छन् ।

सोही क्रममा उनले त्रिवेणीको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा उनलाई स्थानीयले त्यस क्षेत्रका समस्याबारे जानकारी गराएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्