१३ असार २०८३, शनिबार

अडान लिने नेता भन्दै बाबुरामले हौस्याए, तर समसामयिक राजनीतिबारे देउवाले एकै शब्द पनि बोलेनन्

बैशाख ३, २०८२
काठमाडौं
अडान लिने नेता भन्दै बाबुरामले हौस्याए, तर समसामयिक राजनीतिबारे देउवाले एकै शब्द पनि बोलेनन्

'बोलेसी पक्का अडान लिने' भन्दै नेकपा समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रशंसा गरे पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिबारे एक शब्द पनि बोलेनन् ।

बुधबार काठमाडौंको बसुन्धारामा भएको कांग्रेस नेता चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थ लोकार्पण समारोहमा देउवाले ५ मिनेट जति लिखित भाषण गरे । तर भाषणमा कुनै राजनीतिक विषयवस्तु अटाएनन् । 

देउवाले स्वर्गीय नेता न्यौपाने र उनका भाइको नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान रहेको चर्चा मात्रै गरेका हुन् ।​

लोकतन्त्रवादी नेताको रूपमा न्यौपानेलाई स्मरण गर्ने भन्दै देउवाले आफू जेल बस्दासमेत उनीहरूको योगदानलाई नजिकबाट नियालेको बताए । स्वर्गीय न्यौपानेले कांग्रेसका विभिन्न पदमा बसेर २०४८ देखि २०६७ सम्म योगदान गरेको समेत उनले बताए ।

तर देउवा अघि बोलेको डा. भट्टराईले देउवा अडानमा पक्का भएको नेता भन्दै प्रशंसा गरेका थिए । पछिल्लो समय कांग्रेस र एमालेबीचको सत्ता समीकरण सहज नभएको आकलन भइरहेका बेला देउवाले कुनै पनि राजनीतिक वक्तव्य नदिएका हुन् ।

‘शेरबहादुरजी यही कार्यक्रममा हुनुहुन्छ । उहाँ बोलीको पक्का मान्छे हो । बोलेको कुरा पूरा गर्ने उहाँको बानीको म प्रशंसा गर्छु,’ देउवाको सामुन्ने भट्टराईले भने, ‘उहाँ मिलेर जानुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । मलाई यस्तो मन पर्छ ।’

२०७४ सालको निर्वाचनका बेला कम्युनिस्ट पार्टी छाडेर आफूले नयाँ शक्तिका लागि भोट माग्दा मामा चन्द्रप्रकाश न्यौपानेकोमा भोट माग्न पुगेको उनले स्मरण गराए ।

त्यसबेला न्यौपानेले भान्जालाई दक्षिणा दिन सक्ने, तर भोट कांग्रेसबाहेक अरूलाई नदिने भनेर अडान लिएको स्मरण गरे ।

salt training

कमेन्ट गर्नुहोस्