२९ जेठ २०८३, शुक्रबार

५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटमाथि एक महिनापछि संवैधानिक इजलासमा पुनः सुनुवाइ

बैशाख ३, २०८२
काठमाडौं
५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटमाथि एक महिनापछि संवैधानिक इजलासमा पुनः सुनुवाइ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोगलगायत विभिन्न संवैधानिक निकायमा नियुक्त ५२ जना पदाधिकारीविरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । 

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको इजलासमा बुधबार सुनुवाइ भइरहेको हो ।​​

पछिल्लोपटक गत चैत ६ गते भएको सुनुवाइ झण्डै एक महिनापछि बुधबार निरन्तर चलिरहेको छ । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल, सम्रित खरेल, कीर्तिनाथ शर्मा पौडेललगायतले ५२ जना पदाधिकारीको नियुक्ति असंवैधानिक रहेको जिकिरसहित पदमुक्त हुनुपर्ने माग राखेर रिट दायर गरेका थिए ।

सो रिट लामो समयदेखि सर्वोच्चमा विचाराधीन अवस्थामा छ ।

२०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ छलेर नियुक्त गरेको भन्दै सोविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।

त्यो बेला नियुक्त गरेका संवैधानिक निकायका पदाधिकारीहरू आफ्नो कार्यकालको अन्तिम चरणमा रहेको बेला सर्वोच्चमा सुनुवाइ चलिरहेको हो ।

salt training

कमेन्ट गर्नुहोस्