२४ जेठ २०८३, आइतबार

चिनियाँ राष्ट्रपति किन दक्षिण पूर्वी एसियाली देशहरूको भ्रमण गर्दैछन् ?

बैशाख ३, २०८२
काठमाडौं
चिनियाँ राष्ट्रपति किन दक्षिण पूर्वी एसियाली देशहरूको भ्रमण गर्दैछन् ?

चिनियाँ राष्ट्रपति सी जिनपिङ मलेसिया पुगेका छन् । यसपछि उनी कम्बोडिया जाने बीबीसीले जनाएको छ । 

राष्ट्रपति जिनपिङ दक्षिण दक्षिणपूर्वी एसियाली देशहरूको भ्रमणमा छन् । उनको भ्रमणको उद्देश्य यी देशहरूसँग आर्थिक सहयोग बढाउनु रहेको समाचारमा उल्लेख छ । 

राष्ट्रपति जिनपिङ मंगलबार भियतनाम पुगेका थिए । त्यहाँ उनले धेरै सम्झौताहरूमा हस्ताक्षर गरेका थिए ।

अमेरिकाले दक्षिण पूर्वी एसियाका केही देशहरूमा धेरै उच्च शुल्क लगाएको छ । यसमा भियतनाममा ४६ प्रतिशत र कम्बोडियामा ४९ प्रतिशत भन्सार लगाइएको छ ।

विश्वभरका सरकारहरू अमेरिकी राष्ट्रपति ट्रम्पसँग भन्सार मुद्दामा सम्झौता गर्न प्रयासरत छन् भने अर्कोतर्फ चीनले धेरै देशहरूलाई भन्सारको विरुद्धमा एकताबद्ध हुन अपील गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्