२४ जेठ २०८३, आइतबार
शिक्षक आन्दोलनप्रति मन्त्रीको कठोर टिप्पणी

शिक्षक आन्दोलनबारे प्रवक्ता- सरकारलाई अप्ठेरो पारेर राजतन्त्र ल्याउन खोजेको हो ?

बैशाख ३, २०८२
काठमाडौं
शिक्षक आन्दोलनबारे प्रवक्ता- सरकारलाई अप्ठेरो पारेर राजतन्त्र ल्याउन खोजेको हो ?

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ शिक्षकहरूको आन्दोलनप्रति कठोर सुनिएका छन् । 

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले अहिले आन्दोलन गर्ने समय नरहेको समेत बताए । 

उनले सरकारलाई अप्ठेरो पारेर राजतन्त्र ल्याउन खोजेको हो ? भन्दै प्रश्न गरे । 

‘यो आन्दोलनको बेला होइन । हुँदाहुँदा शिक्षकको आन्दोलन देखेर निजामतीले पनि आन्दोलन गर्छौं भनिरहेका छन् । निजामती नै आन्दोलनमा गए शासन व्यवस्था के हुन्छ ? सरकारका सेनामेना सबै आन्दोलनमा जाने ? हामीले (शिक्षकहरूले) राजतन्त्र ल्याउन खोजेको हो त, सरकारलाई अप्ठेरो पारेर ? विद्यालयहरू सबै बन्द गरेर त्यो गर्न खोजेको ?’, मन्त्री गुरुङले भने । 

उनले शिक्षकका मागमा सरकार संवेदनशील रहेको बताए । शिक्षकका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको पनि बताए । 

‘शिक्षकहरूको मेरो गोरुको बाह्रै टक्काको जे तरिका छ यसले मुलुकको समस्याको समाधान हुँदैन । शिक्षक साथीहरू अब विद्यालयमा फर्किनुपर्छ । भर्नाको बेला विद्यालय बन्द भयो भने शिक्षक भएनन् भने भर्ना कसले गर्छ ? एसईईको पेपर पनि जाँच्नुपर्ने होला नि त अब । अब एक/दुई महिनामा रिजल्ट निकाल्नुपर्छ । त्यो कहिले निकाल्ने ?’, मन्त्री गुरुङले भने ।  

उनले शिक्षकको सेवा सुविधा बढाउँदा सेना, प्रहरी र कर्मचारी सबैको तलब सेवा सुविधा बढाउनुपर्ने बताए ।

‘शिक्षकहरूको समस्या समाधान नगर्ने भन्ने प्रश्नै उठ्दैन । माग सम्बोधन गर्छौं । त्यसका लागि पनि धेरै कुरा मिलाउनुपर्नेछ । यसको असर कति हुन्छ । हाम्रो अर्थतन्त्रले कति धान्न सक्छ । शिक्षकहरूले आफूलाई मात्र हेर्नुभएको छ । सरकारले त सबैलाई हेर्नुपर्छ । शिक्षकको तलब बढाए कर्मचारी, सेना, प्रहरी सबैको बढाउनुपर्छ’, मन्त्री गुरुङले थपे । 

उनले अहिले सबैभन्दा धेरै शिक्षा क्षेत्र नै अस्तव्यस्त  रहेको टिप्पणी गरे । धेरै ठाउँमा शिक्षकभन्दा विद्यार्थी कम भइसकेको उनको भनाइ छ  । त्यस्तो ठाउँमा शिक्षक राख्ने कि नराख्ने ? मिलान कसरी गर्ने भन्ने सबै कुरा ऐन बनाएर गरिने मन्त्री गुरुङले बताए ।  

salt training

कमेन्ट गर्नुहोस्