०७ असार २०८३, आइतबार

वीरगञ्जमा शान्ति र सद्‌भाव कायम राख्न मन्त्री यादवको अपिल

बैशाख ३, २०८२
काठमाडौं
वीरगञ्जमा शान्ति र सद्‌भाव कायम राख्न मन्त्री यादवको अपिल

खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्जमा शान्ति र सद्‌भाव कायम राख्न आम नागरिकमा अपिल गरेका छन् । 

पछिल्लो केही दिनदेखि वीरगञ्जमा दुई समुदायबीच द्वन्द्व भइरहेकाले उनले शान्ति र सद्‌भाव कायम राख्न सबै समुदाय एवं नागरिकमा अपिल गरेका हुन् । 

ऐतिहासिक क्रान्तिको शहर वीरगञ्जको मौलिक पहिचान धार्मिक स्थल, विशिष्ट तरिकाले मनाइने पर्व–यात्राहरू र सामाजिक सांस्कृतिक सामञ्जस्यले पनि भएको र नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धार्मिक–सांस्कृतिक आस्थाको स्वतन्त्रता दिएको उनले उल्लेख गरेका छन् ।

यसैगरी, मन्त्री यादवले वीरगञ्ज क्षेत्रमा एक अर्का समुदायको पर्व–यात्रामा मिलिजुली मनाउने, सहयोग तथा सद्‌भाव राख्ने गौरवशाली परम्परा रहिआएको तथा यहाँका बासिन्दाहरूको सुझबुझ र समझदारीले गर्दा देखा पर्ने पारस्परिक तनाव वा असमझदारीलाई आपसी संवादको माध्यमबाट समाधान गर्ने गरिएको विगत रहेको बताएका छन् । 

वीरगञ्ज सबैको साझा फूलबारी भएको र यहाँ शान्ति, सद्‌भाव एवं मेलमिलाप कायम राख्नु सबैको साझा जिम्मेवारी भएको मन्त्री यादवले उल्लेख गरेका छन् । 

कमेन्ट गर्नुहोस्