०५ असार २०८३, शुक्रबार

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

बैशाख ३, २०८२
काठमाडौं
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

संयुक्त राष्ट्र संघको आह्वानमा सेन्ट्रल अफ्रिकन रिपब्लिक तैनाथ शान्ति सैनिकहरुको अदलीबदली भएको छ । 

दि फेमश महिन्द्रदल गण (शान्ति सेना) छैठौँ डफ्फा र  सैनिक प्रहरी युनिट  (शान्ति सेना) नवौँ डफ्फालाई बदली गर्नको लागि  रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फाका १६३ जना र  सैनिक प्रहरी युनिट (शान्ति सेना) दशौं डफ्फाका ३२ जना गरी जम्मा १९५ जना नेपाली शान्ति सैनिकहरुको अन्तिम टोली सेनानी श्याम सुन्दर कार्कीको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड बिमानद्वारा  मिसन इलाकातर्फ प्रस्थान गरेको छ । 

यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी  दि फेमश महिन्द्रदल गण (शान्ति सेना) छैठौँ डफ्फामा कार्यरत १६५ जना,  सैनिक प्रहरी युनिट (शान्ति सेना) नवौं डफ्फामा कार्यरत ३२ जना र नेसनल सपोर्ट टीममा सहभागी ३ जना गरी जम्मा २०० जना शान्ति सैनिकहरू प्रमुख सेनानी रमेश खड्काको नेतृत्वमा वैशाख २ गते नै स्वदेश फिर्ता भएका थिए ।
हाल उक्त मिसनमा नेपाली सेनाका १ हजार २४४ जना शान्ति सैनिकहरु कार्यरत रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्