
असिना पानीले पाकिस्तानको राजधानी इस्लामाबाद र अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तका धेरै भागहरूमा ठूलो क्षति गरेको छ ।
असिनापानीले सयौं सवारी साधन र घरका झ्यालका सिसा फुटेका छन् ।
बीबीसी उर्दूका अनुसार इस्लामाबादमा बस्ने मानिसहरूले आफ्नो जीवनमा यति ठूला असिना कहिल्यै नदेखेको बताएका छन्।
खैबर पख्तुनख्वा क्षेत्रमा पनि असिना परेको थियो र भारी वर्षाका कारण लन्डी कोटल डुबानमा परेको थियो। जसका कारण धेरै सवारी साधन पानीमा बगेका थिए।