०८ साउन २०८३, शुक्रबार

हुम्लामा अविरल वर्षा र बाढीपहिरो, भेडीगोठमै पुरिए २६ बाख्रा

बैशाख ४, २०८२
हुम्ला
हुम्लामा अविरल वर्षा र बाढीपहिरो, भेडीगोठमै पुरिए २६ बाख्रा
प्रतीकात्मक तस्वीर

हुम्लामा बिहीबार बिहान अत्यधिक वर्षापछिको पहिरोमा पुरिएर अदानचुली गाउँपालिका- ३ स्थित गोठमा रहेका २६ बाख्रा मरेका छन् । 

अदानचुली-३ का आइते बुढाको गोठभित्र रहेका ७० बाख्रामध्ये २६ वटा पहिरोमा पुरिएका हुन् । भेडीगोठभित्र पहिरो पस्नुका साथै गोठ भत्किँदा २६ बाख्रा मरेको पीडित किसान बुढाले बताए ।

गोठभित्र रहेकामध्ये २९ वटा बाख्रा गाउँलेको सहयोगमा जीवित निकालिएको उनले बताए ।

उनका अनुसार बाँकी बाख्रा हराइरहेकाले खोजीकार्य भइरहेको छ ।

एक्कासि आएको वर्षाले ठूलो क्षति गरेको बताउँदै बुढाले दुःखकष्ट र मेहनतका साथ पालिएका बाख्राको गोठभित्र पहिरो खसेको उल्लेख गरे ।

आज बिहान आएको वर्षाले अदानचुली गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ ।

बिहानको मुसलधारे वर्षाले श्रीनगर बजारमा व्यवसाय गर्दै आएका व्यवसायीका अस्थायी टहरासहित पसलमा राखिएका सामानमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्