१२ असार २०८३, शुक्रबार

सुनजस्तो देखिने धातुसहित स्याङ्जामा एक जना पक्राउ

बैशाख ४, २०८२
स्याङ्जा
सुनजस्तो देखिने धातुसहित स्याङ्जामा एक जना पक्राउ

स्याङ्जामा सुनजस्तो देखिने धातुसहित एक जना पक्राउ परेका छन् । 

गल्याङ नगरपालिका-१ राम्दीबाट सुनजस्तो देखिने धातु ७ तोला ९६९ लालसहित वालिङ नगरपालिका-६ बस्ने बस्ने ३६ वर्षीय प्रदीप अर्याल पक्राउ परेका हुन् ।

उनलाई बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग.१ ज ८८०९ नम्बरको ईभी भ्यानलाई जाँच गर्ने क्रममा चालक अर्यालले लुकाई छिपाई ल्याएको बिल नभएको उक्त धातुसहित फेला पारी पक्राउ गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्