
ठगी गरेको आरोपमा फरार रहेका परिछिद तिवारीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । तिवारीविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार काठमाडौं महानगरपालिका–८, गौशालाबाट पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–४ का स्थायी बासिन्दा ४४ वर्षीय तिवारीले दुई जना पीडितबाट कूल १२ लाख रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तिवारीलाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए ।