२५ जेठ २०८३, सोमबार

शुक्रबारदेखि वीरगञ्जको निषेधाज्ञा हटाइने

बैशाख ४, २०८२
पर्सा
शुक्रबारदेखि वीरगञ्जको निषेधाज्ञा हटाइने

 जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाउने निर्णय गरेको छ । 

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्ति सुरक्षाको अवस्था सामान्य बनेको भन्दै शुक्रबार बिहान ७ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो । प्रजिअ अर्यालले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य रहेकाले गत वैशाख १ गतेदेखि लगाइएको निषेधाज्ञा हटाउने निर्णय भएको जानकारी दिए । 

पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बुधबार दिउँसोदेखि वीरगञ्ज महानगर क्षेत्र सामान्यतर्फ उन्मुख हुँदै गएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्