१० असार २०८३, बुधबार

श्रीलङ्काली नागरिक विमानस्थलबाट पक्राउ

बैशाख ४, २०८२
काठमाडौं
श्रीलङ्काली नागरिक विमानस्थलबाट पक्राउ

अवैध लागुऔषध गाँजा लिएर श्रीलङ्का प्रस्थान गर्न लागेको एक श्रीलङ्काली नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । 

श्रीलङ्कन एयरको उडानमार्फत त्यसतर्फ जान लागेका ६१ वर्षीय मोहम्मद सलिम मोहम्मद रुमोज पाँच किलो दुई सय ग्राम गाँजासहित पक्राउ परेका नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिए। विमानस्थलमा जाँचका क्रममा उनको सुटकेसबाट उक्त पदार्थ फेला परेको हो । उनलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ । 

    यस्तै प्रहरीले बाराको प्रसौनी गाउँपालिका–४ खुटवाका ३१ वर्षीय पवनकुमार साहलाई अवैध दुई किलो एक सय ग्राम गाँजा र रु २७ हजार चार सय ३० सहित पक्राउ गरेको छ । प्रहरीले उनको घर खनतलासी गर्दा उक्त गाँजा फेला परेको हो । 

salt training

कमेन्ट गर्नुहोस्