१७ असार २०८३, बुधबार

वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो

बैशाख ५, २०८२
विरगञ्ज
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा शुक्रबार बिहानदेखि हटाएको छ ।     
     
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।    

स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३क) बमोजिम वीरगञ्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेखि निषेधाज्ञा आज बिहान ७:०० बजेदेखि लागू हुने गरी हटाउने निर्णय भएको छ’ जिल्ला सुरक्षा समितिको निर्णयमा भनिएको छ ।   

गत शनिबार हनुमान् जयन्तीका अवसरमा आयोजित शोभायात्रामा दुईपक्षबीच झडप भएपछि महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गरिएको थियो ।     
 

salt training

कमेन्ट गर्नुहोस्