०३ साउन २०८३, आइतबार

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सहयोग

बैशाख ५, २०८२
काठमाडौं
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सहयोग

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बादी सरोकार मञ्च नेपाललाई महिना दिनभन्दा बढी समयसम्म पर्याप्त हुने खाद्यान्न सामग्री सहयोग प्रदान गरेको छ ।

कर्णाली प्रदेशस्थित बादी समुदायका करिब १३० जना अनाथ तथा असहाय बालबालिकालाई संरक्षण गर्दै आएको मञ्चलाई कम्पनीले सामाजिक उत्तरदायित्त्व अन्तर्गत उक्त खाद्य सामग्री प्रदान गरेको हो । 

सहयोग कार्यक्रम अन्तर्गत कम्पनीले चामल, दाल, तेल लगायत अत्यावश्यक उपभोग्य वस्तु उपलब्ध गराएको छ । जसले संस्थामा आश्रित बालबालिकाहरूको पोषणमा प्रत्यक्ष सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

बादी समुदाय नेपालको सबैभन्दा सीमान्तकृत र ऐतिहासिक रूपमा उत्पीडित तथा अहिले पनि सामाजिक–आर्थिक रूपले कमजोर समुदायहरू मध्ये एक हो । हिक्मत बादीद्वारा सञ्चालनमा ल्याइएको बादी सरोकार मञ्च नेपालले उक्त समुदायका महिला, बालबालिका तथा परिवारहरूलाई शिक्षा, आश्रय, स्वास्थ्य र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यले गैर–नाफामूलक सामाजिक संस्थाको रूपमा कार्य गर्दै आएको छ । 

हाल संस्थामार्फत १३० भन्दा बढी बालबालिकालाई सुरक्षित आवास, पोषण तथा शिक्षाको सुविधा प्रदान गरिँदै आएको छ । 

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्त्व निर्वाह गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल, प्रमुख व्यवसाय अधिकृत धोजबहादुर खड्का र अन्य अधिकारीले मञ्च सञ्चालक हिक्मत बादीलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो । 

सिटिजन लाइफको यस सहयोगले बादी सरोकार मञ्च नेपाललाई सञ्चालन गर्न केही मद्दत हुने अपेक्षा गरिएको छ । 

 

salt training

कमेन्ट गर्नुहोस्