०९ असार २०८३, मंगलबार

६ महिनापछि सञ्चालनमा आयो हेटौंडा सिमेन्ट उद्योग

बैशाख ५, २०८२
हेटौंडा
६ महिनापछि सञ्चालनमा आयो हेटौंडा सिमेन्ट उद्योग

हेटौंडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालन भएको छ । 

उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि गत मंगलबारदेखि सिमेन्ट उत्पादन गर्न चुनढुङ्गा तयार पार्न प्रारम्भ भएको हो ।

उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार एक/दुई दिनपछि सिमेन्ट उत्पादन थालिने छ । 

अब दैनिक रूपमा ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ । २०३३ मा जडान गरिएका यन्त्र थोत्रा भएकाले नयाँ खरिद गर्नुपर्नेमा उनले जोड दिए । 

नेपाल विद्युत् प्राधिकरणलाई बिजुली महसुल र कर्मचारीलाई पारिश्रमिकको व्यवस्था गर्न कठिन भएको अवस्थामा नयाँ यन्त्र खरिद असम्भव भएको बताउँदै उनले उद्योगका समस्या समाधानमा सरकारले सघाउने विश्वास व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्