२९ जेठ २०८३, शुक्रबार

रतुवामाईका कर्मचारीले पाएनन् १० महिनादेखि तलब

बैशाख ५, २०८२
झापा
रतुवामाईका कर्मचारीले पाएनन् १० महिनादेखि तलब

झापाको केर्खास्थित रतुवामाई वृक्षारोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलब भत्ता पाउन सकेका छैनन् । गत वर्ष असारदेखि कर्मचारीले कुनै पनि पारिश्रमिक पाएका छैनन् ।

उक्त आयोजनामा स्थायी, करार र दैनिक ज्यालादारी गरी ४३ जना कर्मचारी कार्यरत छन् । आयोजना प्रमुख भक्तिप्रसाद गौतमका अनुसार सङ्घीय सरकारले नियुक्त गर्ने पैदावार विकास समितिको अध्यक्ष पद लामो समयदेखि रिक्त हुँदा कार्यक्रम स्वीकृत हुन सकेका छैनन् । 'समितिअन्तर्गतको आयोजना भएकाले अध्यक्ष नियुक्त नभएकाले तलब उपलब्ध नहुनुका साथै अन्य कुनै पनि काम अगाडि बढ्न सकेका छैनन्,' उनले भने ।

वृक्षारोपण गर्ने, वनजङ्गल संरक्षण गरी हुर्काइएको वनबाट काठपात बिक्री गरी तलब भत्ता खाने गरिए पनि कार्यक्रम स्वीकृत नहुँदा लामो समयदेखि काठ बिक्री नभएको आयोजना प्रमुख गौतमले बताए । उनका अनुसार रतुवामाई वृक्षारोपण आयोजनाअन्तरर्गत दुई हजार ७५३ दशमलव ७६ हेक्टर वनक्षेत्र रहेको छ ।

आयोजनाको उक्त वनक्षेत्र पूर्वमा कनकाई नदी, पश्चिममा रतुवा नदी, उत्तरमा चुलाचुली फेदी र दक्षिणी सिमाना पूर्व–पश्चिम राजमार्ग पर्दछ ।

salt training

कमेन्ट गर्नुहोस्