२६ जेठ २०८३, मंगलबार

आङ खस्ने समस्या भएका १४ जनाको निःशुल्क शल्यक्रिया

बैशाख ५, २०८२
संखुवासभा
आङ खस्ने समस्या भएका १४ जनाको निःशुल्क शल्यक्रिया

जिल्ला अस्पताल सङ्खुवासभामा आङ (पाठेघर) खस्ने समस्या भएकाको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ ।

यसबाट आर्थिक अभाव र विभिन्न समस्याका कारण लामो समयदेखि रोग लुकाउनुपर्ने बाध्यतामा रहेका महिला लाभान्वित हुन थालेका छन् ।

यहाँका १४ जनाका निःशुल्क शल्यक्रिया गरिएको अस्पताल प्रमुख सन्तोष देवले जानकारी दिए ।

आङ खस्ने समस्या रहेका तर आर्थिक समस्याका अन्यत्र गएर उपचार गर्न नसकेकाहरू यसबाट लाभान्वित भएका उनले बताए । 'हामीले उपचार मात्रै होइन, उपचारपश्चात रु एक हजार ५०० खर्चसमेत उपलब्ध गराउँछौं । खान बस्नको व्यवस्था मिलाइएको छ । यसबाट गत वर्ष छ जना र यस वर्ष १४ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ,' अस्पताल प्रमुख देवले भने ।

यसका लागि पहिले गाउँपालिकास्तरमा स्वास्थ्य शिविर आयोजना गर्ने गरिएको छ । यसै क्रममा यहाँको  खाँदबारी नगरपालिकाको शिविरबाट पाँच, सिलिचोङ गाउँपालिकाका पाँच, मादी, पाँचखपन नगरपालिका तथा मकालु र सभापोखरी गाउँपालिकाका एक/एक जना लाभान्वित भएका छन् । शिविरमा २५ जनाको आङ खस्ने समस्या पहिचान भएको र बाँकीको चाँडै शल्यक्रिया गरिने अस्पतालले जनाएको छ ।

अस्पतालमा हार्ड जोर्नी विशेषज्ञ सेवा, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापी, प्रसूतिलगायत सेवा सञ्चालनमा छन् ।

यहाँ जिल्लाका १० स्थानीय तह मात्रै नभई छिमेकी जिल्ला भोजपुरका नागरिकले पनि सेवा लिने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्