११ असार २०८३, बिहीबार

पर्सामा लागूऔषधसहित दुई जना पक्राउ

बैशाख ६, २०८२
काठमाडौं
पर्सामा लागूऔषधसहित दुई जना पक्राउ

पर्साको जिराभवानी गाउँपालिका–३ नौका टोलस्थित हुलाकी सडकखण्डबाट प्रतिबन्धित लागूऔषध नाइट्राजेपामसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र सेढवाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा सुवर्णपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको ना १२ प ३१०६ नम्बरको डिस्कभर मोटरसाइकल रोकेर खानतलासी गर्दा चामलको बोराभित्र लुकाइछिपाई ल्याइएको नाइट्राजेपामका ८८६ ट्याबलेट बरामद गरिएको हो ।

पक्राउ पर्नेमा जिराभवानी गाउँपालिका–५ हरैया टोलका २५ वर्षीय दिलिप प्रसाद राय र २२ वर्षीय राजबिध्या प्रसाद खाँ थारु रहेका डीएसपी सुवास भट्टले जानकारी दिए । 

उनीहरूविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको डीएसपी भट्टले बताए । 

salt training

कमेन्ट गर्नुहोस्