
बुटवलमा युवतीमाथि गोली प्रहार भएको छ । इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार बुटवलको बुद्धनगरमा बस्ने टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बुटवल-११ मा बस्ने युवतीमाथि गोली चलेको लोकान्तरलाई जानकारी दिए ।
कसले किन गोली चलायो भन्ने अनुसन्धान भइरहेको प्रजिअ घिमिरेको भनाइ छ । युवतीको कम्मरमाथि गोली लागेको छ ।
उनी पाल्पाको रैनादेवी छहरा घर भइ बुटवल-११ बुद्धनगर बस्दै आएकी थिइन् ।
उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहार गर्ने व्यक्तिको प्रहरी खोजीका लागि नेपाल-भारत सीमा नाकामा कडाइ गरेको छ ।