
आईसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल रद्द भएको छ।
शनिबारको निर्णायक खेल वर्षाका कारण रद्द हुँदा नेपाल विश्वकप खेल्नबाट वञ्चित भएको छ । खेल हुन नसकेपछि दुवै टिमले समान अंक बाँडेका छन् ।
समूह चरणमा नेपाल र अफगानिस्तानले ३/३ खेल जितेर ६ अंकल बटुलेका थिए ।

आजको खेलमा अंक बाँडिँदा ७/७ अंक भए पनि नेट रनरेटका आधारमा अफगानिस्तान विश्वकपमा छनोट भएको हो ।
नेपालले यूएईलाई ५ रन, ओमनलाई ८ विकेट र हङकङलाई ९ विकेटले पराजित गरेको थियो । अफगानिस्तानले ओमन र हङकङलाई समान ८ विकेट र यूएईलाई १ सय ८० रनले पराजित गरेको थियो ।
नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएपछि फ्यानहरू आक्रोशित बनेका थिए । खेल रद्द भएपछि समर्थकले क्यान र आईसीसीविरुद्ध नारा लगाएका थिए ।
समर्थकहरू आक्रोशित बनेपछि प्रहरीले उनीहरूलाई मैदानबाट बाहिर पठाएको थियो ।