२५ असार २०८३, बिहीबार

मन्दिरको गेट निर्माणका क्रममा च्यापिएर १ जनाको मृत्यु

बैशाख ६, २०८२
रुकुम पश्चिम
मन्दिरको गेट निर्माणका क्रममा च्यापिएर १ जनाको मृत्यु

रुकुम–पश्चिमको मुसिकोट नगरपालिका–४ मुसीडाँडामा गेट निर्माणका क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । 

मुसिकोट नगरपालिका–४ का ५८ वर्षीय खिमबहादुर गिरीको गेटले च्यापिएर मृत्यु भएको हो ।

आज दिउँसो मुसीडाँडास्थित मन्दिरको गेट निर्माणका क्रममा पुरानो गेट भत्किँदा गिरीको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।

उनका अनुसार घटना भएको खबर पाए लगत्तै प्रहरी निरीक्षक पाठकको नेतृत्वमा आठ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटनास्थलमा पुगेर घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्