२७ जेठ २०८३, बुधबार

धमिलो पानीमा माछा मार्ने दुस्साहस भइरहेको छ, सफल हुन दिँदैनौं : प्रचण्ड

बैशाख ६, २०८२
काठमाडौं
धमिलो पानीमा माछा मार्ने दुस्साहस भइरहेको छ, सफल हुन दिँदैनौं : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा धमिलो पानीमा माछा मार्ने दुस्प्रयास भइरहेको र त्यो सफल हुन नदिइने बताएका छन् ।

नेवाः राष्ट्रिय मुक्ति मोर्चाद्वारा आज काठमाडौंको वसन्तपुरमा आयोजित खबरदारीसभामा उनले प्रतिगामी षड्यन्त्र र दुस्साहसलाई परास्त गरिने बताए ।

नेपालको लोकतान्त्रिक आन्दोलनलगायत परिवर्तनमा नेवार समुदायले खेलेको भूमिकाको प्रशंसा गर्दै अध्यक्ष दाहालले विभिन्न कारणले संविधान जारी हुने बेला केही मुद्दा छाडे पनि माओवादी आफ्ना मुद्दाबाट पछि नहटेको धारणा राखे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले समाजवादको भ्रूण नेवार समुदायको इतिहास, भाषा, संस्कृतिमा र उत्पादनमा समेत  रहेका बताए ।

उनले नेवार समुदायका संरचनामा नै नेपाली विशेषताको समाजवाद रहेको धारणा राखे । 'नेवार समुदायको इतिहासको अध्ययनबाट मात्रै नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिन्छ । नेवार समुदायका कतिपय माग सम्बोधन गर्न आफ्नो सरकारको पालामा ठूलै सङ्घर्ष गर्नुपरेको थियो,' उनले भने ।

उनले नेवार समुदायको चाहना, संस्कृति, भाषा, इतिहास, आत्म निर्णयको अधिकार र इतिहास हराउन नदिन माओवादी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्