२३ जेठ २०८३, शनिबार

राप्रपाको प्रदर्शन : माइतीघर–बबरमहल–नयाँबानेश्वर खण्डमा चल्ने सवारीसाधन डाइभर्सन

बैशाख ७, २०८२
काठमाडौं
राप्रपाको प्रदर्शन : माइतीघर–बबरमहल–नयाँबानेश्वर खण्डमा चल्ने सवारीसाधन डाइभर्सन

​​राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल शिक्षक महासङ्घको प्रदर्शनका कारण काठमाडौंको माइतीघर–बबरमहल–नयाँबानेश्वर खण्ड भएर चल्ने सवारीसाधनलाई डाइभर्सन गरिएको छ।

राप्रपा र शिक्षकको प्रदर्शनका कारण उक्त क्षेत्र भएर चल्ने सवारीसाधनलाई डाइभर्सन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

प्रदर्शनका कारण मानिसहरूको भीड बढेपछि ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

सवारी साधनलाई सिनामंगल, तीनकुने, माइतीघर, थापाथली, रणोदिप, कृष्णपाउरोटी हुँदै चलाइएको छ।​​

डाइभर्सन र गाडीको चापका कारण कोटेश्वर, एयरपोर्ट गोल्डेन गेट, गौशाला, मित्रपार्क, सोह्रखुट्टे, त्रिपुरेश्वरलगायत चोकमा पनि ट्राफिक जाम रहेको छ ।

मुख्य चोकहरूमा ट्राफिक व्यवस्थापनकै क्रममा केही समय रोकिनुपर्ने अवस्था रहेको छ।

उपत्यकामा विभिन्न नाका प्रयोग गरी भित्रिने तथा बाहिरिने सवारीको अवस्था भने सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्