२८ जेठ २०८३, बिहीबार

राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टविरुद्धको रिट निवेदन हेर्न नभ्याइनेमा

बैशाख ७, २०८२
काठमाडौं
राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टविरुद्धको रिट निवेदन हेर्न नभ्याइनेमा

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक​ गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा परेको पूरक निवेदन र गभर्नरको उमेर हदसम्बन्धी मापदण्डविरुद्धको रिट हेर्न नभ्याइनेमा परेको छ । 

आइतबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजलास परेको पूरकसहितको रिट ४०औं नम्बरमा थियो ।

सर्वोच्चले यसअघि गभर्नरको उमेरजन्य योग्यता संशोधन कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको थियो । 

अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई आज बोलाएको थियो । तर, दुवै रिट हेर्न नभ्याइनेमा परेका हुन् ।

अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दायर गरेको रिटमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाइएको छ । 

सरकारले गत फागुन २७ गते उमेरजन्य योग्यता हटाएर सार्वजनिक निकायका पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड २०७३ संशोधन गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्