२५ जेठ २०८३, सोमबार

६५ प्रतिशतले बढ्यो निर्यात, १३ खर्ब ९ अर्बको आयात

बैशाख ७, २०८२
काठमाडौं
६५ प्रतिशतले बढ्यो निर्यात, १३ खर्ब ९ अर्बको आयात

चालू आर्थिक वर्षको ९ महिनामा देशको कुल निर्यात ६५.१६ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको ९ महिना (साउनदेखि चैत मसान्तसम्म) कुल निर्यात ६५.१६ प्रतिशतले बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको हो ।

चैत मसान्तसम्म नेपालले १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।

गत वर्षको चैत मसान्तसम्म १ खर्ब १३ अर्ब ९४ करोड ६० लाख ७ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । गत वर्षको तुलनामा देशको निर्यात ६५.१६ प्रतिशतले बढेको छ ।

भन्सार विभागका अनुसार चैत महिनासम्म नेपालले १३ खर्ब ९ अर्ब ५३ करोड २८ लाख ३८ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा नेपालले ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख ८ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो । अघिल्लो वर्षको तुलनामा आयात १२.१८ प्रतिशतले बढेको छ । 

त्यस्तै, ९ महिनाको अवधिमा देशको व्यापार घाटा ११ खर्ब २१ अर्ब ३३ करोड ७७ लाख ६८ हजार रुपैयाँ पुगेको छ । त्यसै गरी आयात निर्यात रेसियो ६.९६ प्रतिशतमा झरेको छ । जुन गत आर्थिक वर्षको चैत महिनासम्म १०.२४ प्रतिशत रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्