०१ असार २०८३, सोमबार

कृष्णभिरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

बैशाख ७, २०८२
धादिङ
कृष्णभिरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा  मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । 

बागमती प्रदेश ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल दुर्घटनामा सिन्धुलीको तिनपाटन गाउँपालिका–९ का २६ वर्षीय मीनबहादुर तामाङको मृत्यु भएको हो । 

मोटरसाइकल सडकबाट तीन सय मिटर तल त्रिशूली नदी किनारमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले दुर्घटनाको खबर पाउनेवित्तिकै प्रहरी घटनास्थल पुगे पनि तामाङलाई मृत अवस्थामा भेटिएका जानकारी दिए । मृतकको शवसहित दुर्घटनाग्रत मोटरसाइकल त्रिशूली किनारको झाडीमा भेटिएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्