११ असार २०८३, बिहीबार

दानव नदीमा पौडी खेल्ने क्रममा ३ बालक बेपत्ता

बैशाख ८, २०८२
भैरहवा
दानव नदीमा पौडी खेल्ने क्रममा ३ बालक बेपत्ता

रुपन्देहीको दानव नदीमा डुबेर ३ बालक बेपत्ता भएका छन् । 

लुम्बिनी सांस्कृतिक नगरपालिका– २ अर्दौलास्थित दानव नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो डुबेर बालकहरू बेपत्ता भएका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

बेपत्ता हुनेमा लुम्बिनी सांस्कृतिक–२ का १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र  १२ वर्षीय मन्नु हरिजन रहेका छन् ।

बेपत्ता बालकहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थाीयवासीले खोजी गरिरहेका प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्