
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले दुई विधेयक प्रमाणीकरण गरेका छन् ।
उनले सोमबार साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक र केही गण्डकी प्रदेश ऐन खारेज गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।
प्रदेश प्रमुख भट्टले गण्डकी प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक र केही गण्डकी प्रदेश ऐन खारेज गर्न बनेको विधेयक संविधानको धारा, २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।