
सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन् ।
आज बिहान बराहक्षेत्र मन्दिरमा पूजा गर्न गएका इटहरी उपमहानगरपालिका– १६ बालग्रामका १६ वर्षीय जेनिस आचार्य र ४० वर्षीय नवराज बास्तोला नदीमा डुबेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले बराहक्षेत्र- १ क्षेत्रस्थित नदीमा दुवै जना डुबेर बेपत्ता भएका बताए ।
दुवै जना मामा-भाञ्जा हुन् । भान्जा जेनिस नुहाउँदै गर्दा नदीमा डुबेपछि बचाउन जाँदा मामा पनि बेपत्ता भएका प्रहरीले जनाएको छ ।
दुवै जनाको गोताखोरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले खोजी गरिरहेको प्रवक्ता खतिवडाले जानकारी दिए ।