१३ असार २०८३, शनिबार
मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन

बैशाख ८, २०८२
काठमाडौं
प्रधानमन्त्री ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन

सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको बालुवाटार स्रोतले जानकारी दियो । सरकारले गठन गरेको उक्त आयोग १५ सदस्यीय हुनेछ । 

आयोगको सदस्यमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, कानूनमन्त्री अजयकुमार चौरसिया, लोकसेवा आयोगका प्रतिनिधि, नीति आयोग, योजना आयोगका प्रतिनिधि र एक जना निजी क्षेत्रका प्रतिनिधि सदस्य रहने एक मन्त्रीले बताए । 

सुशासनलाई लिएर चारैतर्फ प्रश्न उठेको सन्दर्भमा प्रधानमन्त्री ओली आफ्नै नेतृत्वमा आयोग गठन गर्न अग्रसर भएका हुन् । 

'सरकारको पर्फर्मेन्सलाई लिएर प्रश्नहरू उठ्न थालेका छन् । के रहेछ भनेर म आफैंले पनि बुझ्नुपर्ने भयो, त्यसैले एउटा आयोग बनाएर काम गरौँ,' प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै ती मन्त्रीले लोकान्तरलाई बताए । 

विगत २० दिनदेखि चलिरहेको शिक्षक आन्दोलनको सन्दर्भमा सोमवारको मन्त्रिपरिषद बैठकले केही निर्णय गरेन । तर, प्रधानमन्त्री ओलीले आफूले आन्दोलनरत शिक्षकहरूसँग कुराकानी गरिरहेको पनि बैठकमा जानकारी गराएका थिए । 

आन्दोलनकै बीचमा शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । यसबारे मन्त्रीहरूले राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले राजीनामाबारे थप बुझ्नुपर्ने बताएका छन् । 

 

salt training

कमेन्ट गर्नुहोस्