२९ जेठ २०८३, शुक्रबार

एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने

बैशाख ८, २०८२
काठमाडौं
एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने

नेकपा एमालेले मङ्गलबार नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७६ औं वर्षका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।  ​

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलबार दिउँसो पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गर्न लागिएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । 

त्यस अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गरेका सात जना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गर्ने पनि निर्णय भएको उनले बताए ।

सम्मान हुनेमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ), हरिचरण शिवाकोटी (झापा) छन् ।

कार्यक्रममा तत्कालीन नेकपा (माले) र कोर्डिनेसन केन्द्र निर्माणका क्रममा ३४ जना नेता तथा कार्यकर्ताको संस्मरण समेटिएको ‘सेल्टर’ पुस्तक पनि सार्वजनिक गरिने छ ।

salt training

कमेन्ट गर्नुहोस्