०१ साउन २०८३, शुक्रबार

कांग्रेसले  जिते जनता मालिक हुनेछन् :  प्रधानमन्त्री देउवा

मंसिर १३, २०७४
कांग्रेसले  जिते जनता मालिक हुनेछन् :  प्रधानमन्त्री देउवा


काठमाडौँ, १३ मंसिर - प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको विकास र समृद्धिका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी गराउन अपिल गरेका छन्  । 

चुनाव प्रचारप्रसार मूल समिति र नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ५ द्वारा यहाँ आज आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले लोकतन्त्रको संस्थागत विकास र स्थायित्वका लागि पनि मंसिर २१ गते हुने निर्वाचनमा काँग्रेसलाई मत दिन आममतदातासँग अपिल गरे  । 

प्रधानमन्त्री देउवाले भने– “नेपाली काँग्रेसले सात सालमा निरंकुश राणा शासन हटाएर मुलुकमा लोकतन्त्र स्थापना गरेको हो । पञ्चायतलाई हटाएर काँग्रेस आफैँले मुलुकको नेतृत्व गरेको हो र नेपाली काँग्रेसकै नेतृत्वमा मुलुकमा समावेशी संविधान आएको हो । काँग्रेसले जितेको खण्डमा मात्र जनता मालिक हुनेछन् ।” 

काँग्रेसको शासन आएमा मात्रै समृद्धिका लागि स्वदेश र विदेशी लगानी बढाउन सकिने उनको  भनाइ थियो । 

पार्टी महामन्त्री डा शशांक कोइरालाले काँग्रेससँग विकासको प्रस्ट ‘भिजन’ भएको र नेतृत्व गर्न दिइए १० वर्षभित्र मुलुकको मुहार फेर्ने बताए  ।

salt training

कमेन्ट गर्नुहोस्