०८ साउन २०८३, शुक्रबार

दानव नदीमा बेपत्ता दुई बालकको शव भेटियो

बैशाख ९, २०८२
काठमाडौं
दानव नदीमा बेपत्ता दुई बालकको शव भेटियो

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२, अर्दौलीस्थित दानव नदीमा बेपत्ता भएका दुई बालकको शव भेटिएको छ । सशस्त्र प्रहरी बल, नेपालको गोताखोर टोलीले मंगलबार बिहान उनीहरूको शव निकालेको हो । 

सोमबार दिउँसो नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरिजनको शव मंगलबार बिहान निकालिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

घटनापछि राति नै सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण, बाँकेबाट गोताखोर टोली परिचालन गरिएको थियो । लुम्बिनीस्थित सुरक्षा बेसबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक कोइरालाको कमान्डमा तथा बोर्डर आउट पोस्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षक रामकुमार घिमिरेको नेतृत्वमा संयुक्त टोली परिचालित गरिएको थियो ।

यसअघि उनीहरूसँगै बेपत्ता भएका अर्का बालक, १४ वर्षीय राज यादवको शव सोमबार साँझ फेला परेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्