०८ साउन २०८३, शुक्रबार

श्रेयज सुवेदीको कथा सङ्ग्रह ‘बहुरूपी’ सार्वजनिक

बैशाख ९, २०८२
काठमाडौं
श्रेयज सुवेदीको कथा सङ्ग्रह ‘बहुरूपी’ सार्वजनिक

​युवा लेखक श्रेयज सुवेदीको कथा सङ्ग्रह ‘बहुरूपी’ नयाँ प्रयोगसहित सार्वजनिक भएको छ ।

पाठकहरूसँगको अन्तरक्रिया, पुस्तक हस्ताक्षर र स्टलबाटै बिक्रीमार्फत शनिबार राजधानीका सात स्थानमा एकैदिन ​पुस्तक लोकार्पण गरिएको हो । सिनेमाको प्रचार शैलीझैं पुस्तक बजार व्यवस्थापन गरिएको हो ।

पुस्तकका १५ कथाले मधेशको जीवन, भूगोल र युवाको मनोविज्ञान समेटेका छन् । बजार मूल्य ५५५ रुपैयाँ तोकिएको २२८ पृष्ठको ‘बहुरूपी’लाई बुकहिलले आफ्नो महत्वाकांक्षी कृति मानेको छ।

काठमाडौंको बालुवाटारस्थित बुक्स मण्डला, चियावाला थापाथली, सिभिल मल सुन्धारा, आइप्लेक्स मल बानेश्वर र ललितपुरको लबिम मल, चियामाया झम्सिखेल, पिमवहालमा बुक स्टल राखिएको थियो ।​​

null

सधैं शान्त बस्न रुचाउने श्रेयजले फरक तरिकाले पुस्तक लोकार्पण भएकोमा खुशी लागेको बताए । उनले भने, 'मेरा कथामा मेरै शैलीको मेरैपन भएकोले केही फरक होस् भन्ने थियो, आजको लोकार्पणले त्यसको शुरूआत भएको छ ।'​ ​

बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले पुस्तक लोकार्पणको परम्परागत शैली त्यागेर अब नयाँ बजार व्यवस्थापनमा लाग्नुपर्ने बताए । 

उनी भन्छन्, 'कतिपय पुस्तक राम्रा हुँदाहुँदै पनि लक्षित पाठकसम्म पुर्याउन सकिएको हुँदैन, नयाँ तरिकाले त्यसको प्रचारप्रसार गर्दा के रैछ भनेर पाठकलाई रुचि हुन सक्छ । बहुरूपीमा हामीले त्यही गरेका हौं ।'

null

salt training

कमेन्ट गर्नुहोस्