०१ साउन २०८३, शुक्रबार

शिक्षकका नयाँ माग केही थिएनन्, वार्ता गर्नुको सट्टा ओलीले हप्काउने काम गर्नुभयो– प्रचण्ड

बैशाख ९, २०८२
काठमाडौं
शिक्षकका नयाँ माग केही थिएनन्, वार्ता गर्नुको सट्टा ओलीले हप्काउने काम गर्नुभयो– प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकसँग वार्ता गर्नुको सट्टा हप्काएर समस्या जटिल बनाएको आरोप लगाएका छन् । शिक्षकहरूले नयाँ माग केही नराखेको केवल विगतका सहमति पूरा गर्नुपर्ने जायज माग राखेको उनले दाबी गरे। 

लेलिन जयन्ती तथा कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा मंगलबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले शिक्षकको आन्दोलनलाई निरन्तरता दिन आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्री केपी ओलीले शिक्षकलाई अपमान गर्ने, गाली गर्ने र हप्काउने काम गरेका छन् । समस्या समाधान गर्न वार्ता गर्नुको सट्टा प्रधानमन्त्रीबाट अपमानित गर्ने काम भएको छ,’ उनले भने, ‘विगतमा गरिएका सहमति कार्यान्वयनबाहेक शिक्षकका नयाँ कुरा केही छैनन्, त्यसमा प्रधानमन्त्री नकारात्मक भइदिएपछि शिक्षामन्त्रीले राजीनामा गर्नुपर्ने अवस्था आयो ।’

प्रचण्डले वर्तमान सरकार आफ्नै बोझ थाम्न नसकेर ढल्ने समेत दाबी गरे । ‘मैले अन्तिमपटक विश्वासको मत लिँदा भनेको थिएँ, यो सरकार आफ्नै बोझ थाम्नेवाला छैन, अहिले त्यही भइरहेको छ,’ प्रचण्डले भने । 

काठमाडौंमा २१ दिनदेखि शिक्षक आन्दोलन जारी छ । प्रचण्डले शिक्षकका माग सम्बोधन गर्न आफ्नै सरकारले विधेयक संसद्‌मा लगेको समेत दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्